हिमालयन बैंक ‘एक्सीलेन्स इन पस एक्विरिङ बिजनेस २०२२’ अवार्डबाट सम्मानित
काठमाडौं । विश्वप्रख्यात ब्रान्ड अमेरिकन एक्सप्रेस, जेसिबी, मास्टर कार्ड, युनियन–पे एवं भिसा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले ‘एक्सिलेन्स इन पस एक्विरिङ बिजनेस २०२२’ अवार्ड प्राप्त गरेको छ ।
भिसाद्वारा आयोजित एक समारोहका बीच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी हुन् । बैंकले विगतका वर्षहरूदेखि नै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक नेपालको एकमात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरू आफ्नो नेटवर्कमा स्वीकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्रान्डहरू आफ्नो एटीएम, पस तथा ई–कमर्स गेट–वेमार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरूलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आइरहेको छ ।
बैंकले प्रदान गरेको विशिष्टीकृत सेवामा आबद्ध भई कार्ड एक्विरिङ बिजनेस गरिरहेका मर्चेन्ट शुभेच्छुक एवं ग्राहकवर्गमा यो सम्मान समर्पित गर्दै यसै महिनाभित्र डिनर्स एन्ड डिस्कभर ब्रान्डको स्वीकार्य थप गरिने बैंकले जनाएको छ । बैंकले हाल एक सय ५३ वटा एटीएम, पाँच हजार पाँचभन्दा बढी पस तथा करिब सात सय ई–कमर्स मर्चेन्टमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया