एनआईसी बैंकको निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना
काठमाडौं । सहज एवं सबल बैंकिङको मूल सिद्धान्तअनुरूप गतिशील बैंकिङको अभ्यास गर्दै आएको यस एनआईसी एसिया बैंकले समयअनुरूप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडादशैँ, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले २०७९ भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुनेगरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहकहरूले एनआईसी मो. बैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रूपमा रकम पठाउन सक्नेछन् ।
सेल्फ हेल्प बैंकिङको अवधारणाअनुरूप एनआईसी मो. बैंकमार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकहरूले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहजरूपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सकिने बैंकले जानकारी दिएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी मो. बैंकबाट रेमिट रकम सहजरूपमा पठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनआईसी मो. बैंकभित्र रहेको आई रेमिट आइकनमा ट्याप गरेपछि पठाउन चाहेको रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनोट गरी सुरक्षितरूपमा रेमिट्यान्स पठाउन सक्नेछन् । यसरी दैनिक अधिकतम २५ हजार रुपैयाँसम्म रकम पठाउन सकिनेछ ।
यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा अमूल्य समयको बचत गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया