सनराइज बैंकको ‘गज्जबको मुद्दती निक्षेप योजना’
काठमाडौं । सनराइज बैंकले गज्जबको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार आफ्ना ग्राहकहहरूको लागि १५ गुणासम्मको प्रतिफल दिने मुद्दती खाता सञ्चालनमा ल्याइएको हो । सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको पाँच गुणादेखि १५ गुणासम्म रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यो खातामा १४ वर्ष आठ महिनामा मुद्दती रकम पाँच गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम १० गुणा हुने र २४ वर्ष ७ महिनामा मुद्दती रकम १५ गुणा हुने बैंकले जनाएको छ । बैंकको अनुसार यस योजनामा सहभागी हुन न्यूनतम २५ हजार रकम मुद्दती गर्नुपर्नेछ ।
उक्त योजनाको अवधिमा पैसा आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा समेत लिन सकिने बैंकले जनाएको छ । यस योजनामा सहभागी हुने ग्राहकहरूलाई बैंकले पाँच लाखसम्मको क्रेडिट कार्डको जारी शुल्क र लकर शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया