Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनबिल बैंकलाई दुईवटा अवार्ड

नबिल बैंकलाई दुईवटा अवार्ड


काठमाडौं । नबिल बैंक एकैपटक दुईवटा अवार्डद्वारा सम्मानित भएको छ । बैंकले एकैपटक ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्स अक्वायरिङ बिजनेस २०२२’ दुईवटा अवार्ड हात पार्न सफल भएको हो । बैंकले यी क्षेत्रमा उल्लेख वृद्धि गर्दै सफलता हासिल गरेको भन्दै अवार्डबाट सम्मानित भएको हो । भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’मा बैंक सम्मानित भएको हो ।

‘नबिल सुरुदेखि नै देशको पहिलो बैंक बन्ने दिशामा अग्रसर हुँदै आएको छ । यही अवस्थामा हामीले नयाँ सम्मान पाएका छौँ । त्यो हामी सबैको मिहिनेतले हो’, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘हामी सधैँ डिजिटल सोलुसनमा ध्यान केन्द्रित गर्दै लगानी बढाउँदै लगेका छौँ । यो सम्मानले हामीलाई थप हौसला प्रदान गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया