Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकद्वारा धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई आर्थिक सहयोग


काठमाण्डौँ,फागुन १५
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विद्यालयलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धरान उपमहानगरपालिकाको वडा नं १५ ज्ञानचक्षुमार्गस्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई ८० हजार रूपैयाँको आर्थिक सहयोग प्रदान गरेको हो । सोमबार विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । विद्यालयले दृष्टिविहीन, न्यून दृष्टिलगायत बहुअपाङ्ग बालबालिकाहरूको लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । शारीरिकरूपमा अशक्त विद्यार्थीहरूलाई विशेष माध्यमद्वारा अध्ययन अध्यापन गराइने उक्त विद्यालयले सम्पूर्ण विद्यार्थीहरू आवासीयरूपमा रही अध्ययन गर्ने व्यवस्था मिलाएको छ । विद्यालयको छात्रवासमा विद्यार्थीहरू भुइँमा बसेर पढ्न जाडोको समयमा कष्टप्रद हुने भएकोले उक्त सहयोग रकमबाट छात्रवासमा न्यानो कार्पेट राख्नुका साथै शारीरिकरूपमा अशक्त विद्यार्थीहरूको लागि पानी फिल्टर गर्ने यन्त्रको खरिद गर्ने कुरा विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठनपाठनमा भइरहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दै आएका विद्यार्थीहरूको जीवनस्तरमा सुधार आउने तथा चिसोबाट जोगिन मदत हुनेछ । नेपाल सरकारले अवलम्बन गरेको’सुखी नेपाली र समृद्ध नेपाल’को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरिब र दयनीय आर्थिक अवस्था भएका अपाङ्ग बालबालिकाहरूको मनोबल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा जानकारी गराएको छ ।

बैंकले हाल आफ्ना ९३ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ एकाईहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै बैंकले ग्राहकलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया