Techie IT
×
गृहपृष्ठbreakingपुन: ओरालो लाग्यो सेयर बजार

पुन: ओरालो लाग्यो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन छ दशमलव ६८ अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने पुन चार दशमलव २९ अंकले ओरालो लागेर १९ सय ७३ दशमलव एक बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८२ अंकले घटेर तीन सय ८२ दशमलव ९५ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २१ हजार चार सय ७१ पटकको कारोबारमा २४ लाख ४४ हजार तीन सय ४४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम ९० करोड ९९ लाख चार हजार सात सय ५१ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा समुहहरुको सुचक उकालो लागेर बाँकी रहेका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : breaking, वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया