कामना सेवा विकास बैंकको ‘डिजिटल वीक’
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यममार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि यही भदौ १९ गते आइतबारदेखि २०७९ साल भदौ २४ गते शुक्रबारसम्म केएस डिजिटल वीक सार्वजनिक गरेको छ ।
नगद छोडौं डिजिटल रोजौँ कार्यक्रमअन्तर्गत यस केएस डिजिटल वीकमा कामना सेवा विकास बैंकका क्यूआर मर्चेन्टहरूले क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० रुपैयाँ १५ प्रतिशत बोनसबापत कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत प्राप्त गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरूले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
आईएमई–पे तथा खल्ती डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिंक गरी एक सय रुपैयाँसम्मको क्यास ब्याकलगायत अन्य थुप्रै डिस्काउन्ट र आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् । बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्स फोन–पे, एफ वान सफ्ट, एनसीएचएल, भिसा, आईएमई–पे, खल्ती डिजिटल वालेटसँगको संयुक्त साझेदारीमा ल्याएको हो । बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको डिजिटल–पे मेन्ट एयरलाई टेवा पुग्ने विश्वास समेत बैंकले लिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया