काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । आज सोमबार कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।
संस्थाको प्राथमिक सेयरको निष्काशनमा आवेदन दिने १८ लाख ८३ हजार एक सय १८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्द भएका एक हजार पाँच सय ५१ तथा अन्य कारणबाट आवेदन रद्द भएका ९८ हजार चार सय ९३ बाहेक बाँकी रहेका १७ लाख ८३ हजार ७४ वटा योग्य आवेदनमध्येबाट १२ हजार तीन सय ४० जनालाई न्यूनतम १० इकाइ बाँडफाँट गरिएको छ ।
प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक भई भदौ ८ देखि १२ गतेसम्म सार्वजनिकरूपमा निष्काशन खुला गरिएको खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर निष्काशनमा निष्काशन गरिएको कुल सेयर एक लाख ३२ हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशतबराबर छ हजार छ सय कित्ता तथा कर्मचारीलाई जारी पुँजीको शून्य दशमलव पाँच प्रतिशतबराबर दुई हजार कित्ता छुट्याई बाँकी रहेको एक लाख २३ हजार चार सय कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब एक सय ६८ दशमलव ६४ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँट सम्पन्न गरिएको छ । हाल संस्थापकतर्फ लघुवित्तको चुक्ता पुँजी दुई करोड ६८ लाख रुपैयाँ रहेको र आईपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्ता पुँजी चार करोड रुपैयाँ पुग्नेछ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
- लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र नेपाल एसबीआई मर्चेन्ट बैंकिङबीच सम्झौता
- सिटिजन लाइफको प्रिमियम मूल्यको सर्वसाधारण सेयर
- २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी
- विद्यार्थीलाई ग्लोबल आईएमई बैंकको सहयोग
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया