ज्योति विकास बैंकद्वारा बिजनेस इन्क्युवेसन सेन्टर स्थापनामा सहयोग
काठमाडौं । युवा उद्यमशीलता विकासका लागि ज्योति विकास बैंकद्वारा पाँचवटा बिजनेस इन्क्युवेसन सेन्टर स्थापनामा सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत देशका पाँचवटा विभिन्न सरकारी कलेजहरूमा बिजनेस इन्क्युवेसन सेन्टर स्थापना गर्ने परियोजनामा सहकार्य गर्नका लागि युथ स्किल ल्याबसँग सम्झौता गरेको हो ।
आइतबार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र युथ स्किल ल्याबका तर्फबाट स्किल ल्याबका संस्थापक निर्देशक नन्द किशोर मण्डलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौताबमोजिम ज्योति विकास बैंकले पाँचवटा सरकारी कलेजमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि बिजनेस इन्क्युवेसन सेन्टर स्थापना गर्न सहयोग गर्नेछ । उक्त बिजनेस इन्क्युवेसन सेन्टरमा विद्यार्थीहरूले निःशुल्करूपमा उद्यमशीलता तालिम, विकास र सञ्चालनमा सहयोगको साथै उद्यम सुचारु गर्न लगानीकर्तासँग सहकार्यको अवसर पनि प्राप्त गर्नेछन् । सहकार्यको साझेदार युथ स्किल ल्याबले यस कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्नेछ ।
बैंकले संस्थागतरूपमा नै उद्यमशील वातावरण सिर्जना गरी उद्यमशीलताको विकास गर्न, कलेजमा अध्ययनरत विद्यार्थीहरूको नवीन विचारहरूलाई अवधारणाबाट वास्तविक गति दिन तथा त्यस्ता विद्यार्थीहरूलाई स्वरोजगार उन्मुख बनाई दीर्घकालीन लाभ सिर्जना गर्ने उद्देश्यसहित सो परियोजनामा सहकार्य गरेको हो । उद्यमशीलता विकासले देशको अर्थतन्त्रमा दिगो योगदान पु-याउने र दक्ष युवाहरूलाई अवसर प्रदान गर्ने सोचका साथ बैंकले बिजनेस इन्क्युवेसन सेन्टर स्थापना गर्ने पहल अघि सारेको हो । देशका विभिन्न ठाउँबाट अध्ययन गर्न आउने विद्यार्थीहरूलाई उद्यमी बनाउँदा ती ठाउँहरूको विकासमा पनि सहयोग हुने अपेक्षा बैंकले राखेको छ ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्षरूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ । बैंकले हाल एक सय १९ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया