Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल लाइफद्वारा हिमाल आरोहणमा सहकार्य

नेपाल लाइफद्वारा हिमाल आरोहणमा सहकार्य


काठमाडौं । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेसाले फोटो पत्रकार समेत हुन् । उनले सगरमाथासहित नेपालको आठ हजार मिटरभन्दा माथि उचाइमा रहेका सातवटा हिमालहरू चढिसकेकी छन् ।

अब पूर्णिमा श्रेष्ठ विनाअक्सिजन मनास्लु हिमालको आरोहणमा गर्दै छिन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गर्नुभयो र श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गौरभान्वित र हौसला मिलेकोे बताए । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया