काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको राष्ट्रियस्तरको इजाजतपत्र प्राप्त गरी छिटो, सरल र सहज तरिकाले विभिन्न बैंकिङ सेवा–सुविधाहरू प्रदान गर्दै आइरहेको समृद्धि फाइनान्सले आफ्नो छैटौँ शाखाको रूपमा इटहरी शाखा कार्यालयको उद्घाटन गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सोमबार इटहरी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको प्रदेश नं. १ कार्यालयकी प्रमुख मिना पाण्डे, इटहरी उ.वा. संघका अध्यक्ष भिम पौडेल, इटहरी उ.म.न.पा. वडा नं. ६ का वडा अध्यक्ष दिवश पोख्रेलसहितको उपस्थिति थियो । साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबारसम्बन्धी जानकारी गराएका थिए ।
त्यस्तै चाँडै नै सातौँ र आठौं शाखाको रूपमा बनेपा र जनकपुर शाखाको पनि उद्घाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत सुरज कुमार सर्राफले बताए । फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया