माइ–पे डिजिटल वालेटको एकदिने राइड कार्यक्रम
काठमाडौं । माइ–पे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइ–पे राइड विथ एम आर बी’ सफलतापूर्वक सम्पन्न भएको छ । भदौ १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चित मोटो भ्लगरसँगै राइड मन पराउने दुई सयभन्दा बढी राइडरको सहभागिता रहेको थियो । राइडमा नेपालमा विभन्न भागबाट आएका राइडरहरूको सहभागिता रहेको थियो ।
माइ–पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताको अध्यक्षतामा सम्पन्न उक्त राइड कार्यक्रम भक्तपुरको राधेराधेदेखि काभ्रेको धुलिखेलसम्म पुगेको थियो । कार्यक्रममा पछिल्लो समय युवाहरूमाझ निकै चर्चित मोटो भ्लगर विविदजंग थापा (एमआरबी)सँगै नायिका स्वस्तिमा खड्का, नायक नीराजन प्रदानको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा -याप समूह ट्रिपी ग्याङ तथा सन्दर्भ ब्यान्डले लाइभ प्रस्तुति समेत दिएका थिए ।
माइ–पेका सीईओ मनोज मेहताले नेपाली युवाहरूमाझ लोकप्रिय माइ–पे वालेटले आगामी दिनमा समेत युवाहरूको चहाना र आवश्यकतालाई मध्यनजर गर्दै थप सुविधाहरू थप्दै लगिने जानकारी दिए । यस्तै राइड कार्यक्रमलाई सम्बोधन गर्दै माइ–पेका बिजनेस तथा मार्केटिङ हेड रोसन सिग्देलले युवाहरूमाझ लोकप्रिय बन्दै गएको माइ–पे वालेटले युवाहरूकै इच्छाबमोजिम राइड कार्यक्रम आयोजना गरेको बताए ।
नेपाली राइड सियरिङ एप सजिलोका प्रमुख कार्यकारी अधिकृत अमिर लामाले युवाहरूलाई नयाँ अनुभवको अवसर दिएको तथा आफूपनि यस कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा सहभागी राइडरहरू अहिलेसम्मकै उत्कृट राइडको अनुभव रहेको बताएका थिए । डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालनासम्बन्धी जनाकारी गराउने साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइ–पेको भनाइ छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया