कुमारी क्यापिटलको चौथो वार्षिक साधारणसभा
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही भदौ २० गते सञ्चालक समितिका अध्यक्ष विकास खनालको सभापतित्वमा टंगालस्थित कुमारी बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
उक्त सभामा कम्पनीको आव २०७८–०७९ को सञ्चालक समितिको प्रतिवेदन, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरूसँग सम्बन्धित अनुसूचीहरू पारित भएको कम्पनीले जनाएको छ । सभाले कम्पनीको हाल कायम चुक्ता पुुँजी ४० करोड रुपैयाँमध्येबाट पाँच प्रतिशतले हुन आउने दुई करोड रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।
सभाका अध्यक्षले कम्पनीले आगामी दिनहरूमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरूको पहुँच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजी बजारको विकासमा उल्लेखनीय योगदान पु¥याउने विश्वास दिलाउँदै सेयरधनी कुमारी बैंक लिमिटेड, नियामक निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूबाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुका साथै आगामी दिनहरूमा अझ बढी सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया