बैंक अफ काठमाण्डूको ‘क्यास ब्याक’ योजना
काठमाडौैं । बैंकले नेपालीहरूको आउँदै गरेको महान् चाडपर्वहरू लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई–कमर्स कारोबारमा नगद फिर्ता योजना ल्याएको छ । बैंकको कार्डवाहकहरूले विभिन्न ई–कमर्स प्याटफर्मबाट सामान तथा सेवाहरू खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकहरूले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम् १५ सय रुपैयाँसम्म नगद फिर्ता पाउन सक्नेछन् ।
बैंकका अनुसार यो नगद फिर्ता योजना यही २०७९ साल भाद्र २२ गते बुधबारबाट सुरु हुनेछ । यस नगद फिर्ता योजना अन्तर्गत बैंकको कार्डवाहकहरूले नगद फिर्ताको लागि योजना अवधिभर तीन वा सोभन्दा धेरै संख्याको ई–कमर्स कारोबार गर्नुपर्नेछ र कारोबार रकम १० हजार वा सोभन्दा बढी रकम हुनुपर्नेछ । यदि कोही ग्राहकहरूको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डवाहकहरूले बैंकको वेबसाइटमा गई आफैँ कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन् अथवा आफूलाई पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निःशुल्क दर्ता गर्न सक्नेछन् ।
बैंकको आफ्नो डेबिट तथा क्रेडिट कार्डवाहकहरूले विभिन्न ई–कमर्स प्लेटफर्महरूमा अनलाइन माध्यमबाट आफूूलाई मनपर्ने सामानहरू खरिद गरी बैंकको कार्डबाट विद्युतीय माध्यमबाट भुक्तानी गरिरहेका छन् । पछिल्लो समय कार्डबाट हुने विद्युतीय भुक्तानी कारोबारमा बैंकको ग्राहकहरूको रुचि बढिरहेको छ । यस्तै रुचिहरूको निरन्तरता तथा रुचि वृद्धिको लागि यस बैंकले विभिन्न समयमा कार्डबाहकहरूको फाइदाको लागि नगद फिर्ता तथा छुट योजनाहरू ल्याइरहेको छ ।
यस नगद फिर्ता योजनाले ग्राहकहरूलाई धेरै फाइदा हुने भएकोले यस योजनामा ग्राहकहरूको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ । साथै, यो नगद फिर्ता योजना सीमित अवधिको लागि भएको हुनाले यस नगद फिर्ता योजनामा चाँडै सहभागी भई कार्डवाहकहरूलाई फाइदा लिन बैंक आह्वान गर्दछ ।
विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ई–कमर्स प्लेटफर्महरू, विभिन्न होटलहरू, रेस्टुरेन्टहरू, फिटनेस सेन्टरहरू, स्टोरहरू, अस्पतालहरू, स्वास्थ्य क्लिनिकहरू, इन्स्टिच्युटहरूमा छुटहरू प्रदान गरिरहेको र भविष्यमा पनि यस्ता योजनाहरू ल्याई ग्राहकहरूलाई लाभान्वित बनाउन बैंक प्रतिबद्ध रहेको छ । हालसम्म बैंकले एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया