Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारइन्फिनिटी लघुवित्तको ‘वित्तीय साक्षरता तथा कृषि उद्यमी तालिम’

इन्फिनिटी लघुवित्तको ‘वित्तीय साक्षरता तथा कृषि उद्यमी तालिम’


काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.ले सुदूरपश्चिम प्रदेशका फिल्ड कर्मचारीहरूलाई ग्राहक संरक्षण सिद्धान्तसम्बन्धी तालिम प्रदान गरेको जानकारी दिएको छ । उक्त तालिममा ग्राहक संरक्षण सिद्धान्तको बारेमा विस्तृत रूपमा फिल्ड कर्मचारीहरू जानकारी दिई ग्राहक सुहाउँदो सेवा सुविधा, कर्जा लगानी गर्दा अपनाउनुपर्ने सावधानीहरू, उत्तरदायी मूल्य, ग्राहकमैत्री व्यवहार, गोपनीयता र ग्राहकको गुनासो तथा सुझावहरूको कार्यान्वयनको बारेमा फिल्ड कर्मचारीलाई प्रशिक्षित गरिएको जानकारी प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले गराए ।

आर्थिक वर्ष (२०७८–०७९) मा शाखा कार्यालयहरूबाट चार सय २८ जना बाढी पीडित सदस्यहरूलाई राहत वितरण गरिएको, पाँच सय ९९ जना ग्राहकहरूलाई सुत्केरी सुविधा उपलब्ध गराइएको, पाँच हजार सात सय नौ जना सदस्य र दुई सय ८३ जना अभिभावकहरूलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए । त्यसैगरी संस्थाले आफ्ना सदस्यहरूलाई लघु उद्यमी, स्वावलम्वी, आत्मनिर्भर बनाउनको लागि व्यावसायिक तथा उद्यमी तालिम विशेष गरेर तरकारी, च्याउखेती, गाई, भैँसी, र बाख्रा पालन तालिम गत वर्षमा ४९ वटा शाखा कार्यालयहरूमार्फत दुई हजार तीन सय ८९ जना सदस्यहरूलाई दिइएको जानकारी गराएका छन् । तालिमपश्चात् धेरै सदस्यहरूको मनोबलमा वृद्धि भई लघुउद्यमी समेत भएको जानकारी गराए ।

No description available.

नेपालका विपन्न वर्ग, लघुउद्यमी र साना व्यवसायीहरूको आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यले लब्धप्रतिष्ठित व्यक्तिहरूबाट प्रवद्र्धन गरिएको नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्र भएको ‘घ’ वर्गको वित्तीय संस्थाको रूपमा इजाजतपत्रप्राप्त संस्थाले २०७९ असार मसान्तसम्ममा ४५ जिल्लामा ९० वटा शाखा कार्यालयमार्फत ८८ हजारभन्दा बढी सदस्यहरूलाई चार अर्ब ९० करोडभन्दा बढी लघुकर्जा प्रवाह गरेको र एक अर्ब ४१ करोडभन्दा बढी निक्षेप जम्मा गरी सामाजिक सुरक्षण र विप्रेषणलगायतका लघुवित्त वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी दिए । संस्थाले विपन्न वर्गको उत्थानको लागि शाखा कार्यालयमार्फत ग्राहकमैत्री प्रविधिसहितको नवप्रवर्तकारी सेवा तथा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको व्यहोरा समेत अनुुरोध गरे ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया