सातामा पाँच अर्ब चार करोड २९ लाख ५७ हजार रुपैयाँको सेयर खरिदबिक्री
काठमाडौं । यससाता सेयरबजार परिसूचक एक हजार नौ सय ३७ दशमलव ७४ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७६ दशमलव ८४ विन्दुुमा सीमित भएको छ ।
यस साता धितोपत्र बजारमा दुुई सय २७ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख १३ हजार सात सय ५८ पटकको कारोबारमा एक करोड ४८ लाख ७६ हजार एक सय ४६ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम पाँच अर्ब चार करोड २९ लाख ५७ हजार पाँच सय १६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय २६ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार एक लाख ६२ हजार नौ सय ३६ पटकको कारोबारमा दुई करोड १२ लाख ४५ हजार सात सय ७८ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम सात अर्ब ५५ करोड ४३ लाख ५८ हजार नौ सय २४ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो दिन सेयरबजार परिसूचक उकालो लागेको थियो भने बाँकी दिनहरूमा बजार परिसूचक ओरालो लागेको थियो । छैठौँ कार्यदिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक छ दशमलव ६८ अंकले उकालो लागेर एक हजार नौ सय ७७ दशमलव ३० विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५७ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ७७ विन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक चार दशमलव २९ अंकले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव एक विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८२ अंकले ओरालो लागेर तीन सय ८२ दशमलव ९५ विन्दुमा झरेको थियो ।
तेस्रो कारोबार दिन पनि बजार परिसूचक २१ दशमलव १६ अंकले ओरालो लागेर एक हजार नौ सय ५१ दशमलव ८४ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८७ अंकले ओरालो लागेर तीन सय ७९ दशमलव आठ विन्दुमा झरेको थियो । चौथो कारोबार दिन पनि बजार परिसूचक ११ दशमलव ९७ अंकले ओरालो लागेर एक हजार नौ सय ३९ दशमलव ८८ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव सात विन्दुले ओरालो लागेर तीन सय ७७ दशमलव ३८ विन्दुमा झरेको थियो ।
पाँचौँ कारोबार दिन पनि बजार परिसूचक दुई दशमलव १३ अंकले ओरालो लागेर एक हजार नौ सय ३७ दशमलव ७४ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५४ विन्दुले ओरालो लागेर तीन सय ७६ दशमलव ८४ विन्दुमा झरेको थियो । छैठौँ कार्यदिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो ।
यससाता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया