गणपति लघुवित्तले कमायो एक करोड ८६ लाख मुनाफा
बर्दिया । गाणपति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा एक करोड ८६ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ५७ करोड ३२ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १९ करोड ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड तीन लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ११ लाख चार हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ४१ करोड ९७ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५४ करोड ३७ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड २५ लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३४ लाख ४७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया