Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारलुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता


काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र सर्तहरूको अधीनमा रही नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुविधा प्राप्त गर्नेछन् ।

सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया