एनआइसी एसिया बैंकद्वारा भिडिओ केवाईसी सेवा सुरू
काठमाडौं । एनआईसी एसिया बैंकले भिडिओ केवाईसी सेवा सुरु गरेको छ । बैंकले ग्राहक पहिचानसम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने सेवा भिडिओ केवाईसी शुभारम्भ गरेको हो । बैंकमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकहरूले भिडिओ कलको माध्यमबाट ग्राहक पहिचानसम्बन्धी विवरण बैंकलाई सहज रूपमा प्रदान गर्न सकिने बैंकले जानकारी दिएको छ । बैंकको वेबसाइटमार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरूलाई केवाईसी विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ ।
यसअन्तर्गत ग्राहकले केवाईसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैंक कर्मचारीसँग भिडिओ कल गरी उक्त कलमार्फत केवाईसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । यदि भीकेवाईसीमार्फत आफ्नो केवाईसी जानकारी सम्बन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकूल समयअनुसार सम्बन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरी भिडियो कलमार्फत आफ्नो केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् । बैंकले हाल तीन सय ५९ वटा शाखा कार्यालय, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया