अबदेखि वैदेशिक रोजगारीमा गएकालाई साधारण सेयरमा १० प्रतिशत कोटा
काठमाडौं । अबदेखि वैदेशिक रोजगारीमा गएकाहरुले साधारण सेयरमा १० प्रतिशत कोटा पाउने भएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ लाई छैटौं पटक संशोधन गर्दै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई साधारण सेयरमा अनिवार्य कोटा छुट्याएको थियो ।
सोहीअनुसार मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको उक्त नियमावली नेपाल धितोपत्र बोर्डले सोमबार सार्वजनिक गरेसँगै उक्त व्यवस्था कार्यान्वयनमा आएको हो । यो व्यवस्था कार्यान्वयनमा आएपश्चात् अबदेखि संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा गएका श्रमिकलाई छुट्याउनुपर्नेछ । बोर्डका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले मात्र यस्तो सेयरमा आवेदन दिन पाउनेछन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया