प्रभावकारी सामाजिक सुरक्षा भत्ता वितरण गर्न छलफल
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन बैंक तथा वित्त संस्थासँग काठमाडौंमा छलफल तथा अन्तर्क्रिया गरेको छ । सामाजिक सुरक्षा भत्ताका लागि छुट्याइएको धेरै रकम बैंकमै थन्किएकाले त्यसलाई प्रभावकारी रुपमा वितरण गर्न तथा समसामयिक सवालहरुमा छलफलका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले जानकारी दिए ।
सेवाग्राहीहरुले समयमा नै भत्ता रकम नपाएको, अशक्त, अतिवृद्धवृद्धाहरुले धेरै सास्ती खेप्नुपरेको गुनासो बढिरहेको बेला विभागले बैंकहरुसँग छलफल गरी भत्ता वितरणमा अन्तरबैंक एकरुपता कायम गरी सहजता ल्याउन खोजेको हो । भत्ता वितरणलाई प्रभावकारी बनाउन सेवाग्राहीलाई एटिएम दिनुपर्ने, चेकबुकको संख्या बढाउनुपर्ने, बैंकले सेवाग्राहीको खातामा सात दिनभित्र पैसा जम्मा गरिदिनुपर्ने प्रस्ताव विभागले राखेको छ । त्यस्तै अशक्त तथा ९० वर्षभन्दा माथिका व्यक्तिलाई स्थानीय तह र बैंकको सहमतिमा भुत्तानी शिविर, शाखारहित बैंक, मोवाइल बैंकिङ्ग, सहकारीमार्फत भुक्तानीजस्ता विशेष व्यवस्था गरी भुक्तानी दिँदा सहज र प्रभावकारी हुने पनि विभागको धारणा छ । बालबालिका वा पूर्ण अशक्त, अपाङ्गता भएका व्यक्तिको संरक्षकसहितको संयुक्त खाता वा संरक्षकमार्फत भत्ता भुक्तानी गर्ने व्यवस्था गर्दा भत्ता वितरणलाई सहज बनाउन सकिने पनि छफलफमा उठेको थियो ।
सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणालीमार्फत प्रभावकारीरुपमा वितरणका लागि सबै स्थानीय तहबाट तदारुपता देखाइरहेका बेला केही स्थानीय जनप्रतिनिधीहरुले लोकप्रियताका लागि घरघरमै भत्ता वितरण गर्न चासो देखाएका तर स्थानीय तहमा न्यून जनशक्तिका कारण कामगर्न कठिन भइरहेको गुनासो बैंकको छ । सामाजिक सुरक्षाको लागि खोलिएको बैंक खातामा भत्ता रकममात्र जम्मा गर्दा प्रतिवेदन प्रणाली प्रभावकारी हुने भएकाले विभागले यो विषयलाई पनि सम्बोधन गर्नुपर्ने कुरा छलफलमा उठेका छन् ।
छलफल कार्यक्रममा गृह मन्त्रालयका सह सचिव भीष्मकुमार भुषालले भत्ता वितरणलाई बैंकहरुले बोझको रुपमा मात्र नभई अवसरको रुपमा लिन आग्रह गरे । सामाजिक सुरक्षा वितरणकै क्रममा धेरै बैंकहरुले दुर्गम स्थानमा पुग्न पाएको, बचतकर्तालाई बैंकले लगानीका लागि सेवाग्राही बढाउन मद्दत गर्ने तथा बैंकको महत्वबारे ग्रामीण भेगलाई जानकारी दिन पाएको कारण यसले बैंकलाई पनि प्रत्यक्ष रुपमा फाइदा पु-याइरहेको कुरामा पनि उनले जोड दिए ।
छलफलकै क्रममा विभागका निर्देशक सागरमणि पाठकले बैंकहरुले भत्ता वितरणप्रति देखाएको अपनत्वलाई सामाजिक दायित्व वहनको रुपमा लिन सकिने प्रस्ट्याए । बैंकिङ सिस्टममा देखिएका केही त्रुटिलाई शुद्धीकरणको आवश्यकतामा विभागका महानिर्देशक भट्टराईको जोड थियो । साथै पूर्ण बैंकिङ्ग प्रणाली कार्यान्वयनसँगै एकरुपता हुने गरी सामाजिक सुरक्षा नियमावली तथा कार्यविधि संशोधन प्रक्रिया अगााडि बढाउनेमा पनि उनले जोड दिए । कार्यक्रममा राष्ट्रिय स्तरका क, ख र ग वर्गका ५४ वटा बैंकका प्रतिनिधि सामेल थिए ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया