Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकका ग्राहकले टिभी तथा वर्ल्ड लिंक इन्टरनेट प्याकेज ईएमआईमा पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले टिभी तथा वर्ल्ड लिंक इन्टरनेट प्याकेज ईएमआईमा पाउने


काठमाडौं । माछापुच्छ्रे बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई ईएमआई सुविधामा टिभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैंक लिमिटेड, एनआईटिभी स्ट्रिम्ज प्रालि र वर्ल्ड लिंक कम्युनिकेशनबिच त्रिपक्षीय सम्झौंता भएको छ । उक्त सम्झौतापत्रमा एनआईटिभी र वर्ल्ड लिंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बमोजिम यस बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इन्स्टा पे सुविधामार्फत टिभी तथा इन्टरनेटसम्बन्धी विभिन्न कम्बो प्याकेज ईएमईमा लिन सकिने व्यवस्था गरिएको छ । आउदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी एनआईटिभी र वर्ल्ड लिंकले संचालन गरेको फेस्टी अफरमा ग्राहकले करीव ५६ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टा पेबाट उपभोग गर्न सक्नेछन् । बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइनमार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा वर्ल्डलिंक र एनआईटिभीको नेपालस्थित सबै कार्यालयहरुमार्फत उपलब्ध गराईनेछ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यावसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया