Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबेष्ट फाइनान्सको १७औँ शाखा वीरगञ्जमा

बेष्ट फाइनान्सको १७औँ शाखा वीरगञ्जमा


काठमाडौं । कमलादी काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १७औँ शाखा सञ्चालनमा ल्याएको छ । मधेश प्रदेशको पहिलो शाखाको रुपमा वीरगञ्जको घण्टाघर लिंकरोडमा फाइनान्सले १७औँ शाखा सञ्चालनमा ल्याई वित्तीय कारोबारको शुभारम्भ गरेको हो । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा वीरगञ्जका प्रतिष्ठित व्यापारी, व्यवसायी, उद्योगीलगायत समाजका अगुवा तथा समाजसेवीहरुको उपस्थितिमा थियो । यही असोजभित्र १८औँ शाखाको रुपमा सुनसरी जिल्लाको इटहरीमा शाखा खोलिनुका साथै निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा सञ्जाल विस्तार गरी देशको सातै प्रदेशमा आप्mनो शाखा सञ्जाल पु¥याउने फाइनान्सले जनाएको छ । साथै, आउँदा दिनहरुमा देशका विभिन्न स्थानहरुमा आवश्यकता र मागबमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको बताइएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया