कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न कार्यक्षेत्र वरिपरि रहेका विभिन्न बाल आश्रम/सामुदायिक विद्यालयहरुमा स्प्रेडिङ स्माइल्स भन्ने नाराका साथ आवश्यक सामग्रीहरु प्रदान गरी यही भदौ ३० गते राष्ट्रिय बालदिवस मनाएको छ ।
बैंकले प्रदेश १ क्षेत्रबाट, हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र सर्लाही चिल्ड्रेन सेन्टर काठमाडौं क्षेत्रबाट नन्दी माध्यमिक विद्यालय, पोखरा क्षेत्रबाट रेन्बो चिल्ड्रेन होम र जलजला बाल आश्रम, बुटवल क्षेत्रबाट मणिग्राम नमुना माध्यमिक विद्यालय, सत्य साई विद्यापीठ, राजेश्वरी आधारभूत विद्यालय, तनहुँ माध्यामिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, विन्ध्यावासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यामिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र राईज अप अर्फान चिल्ड्रेन होम, पश्चिम क्षेत्रबाट सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट ब्लाइन्ड चिल्ड्रेन एजुकेशन सेन्टरमा आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु प्रदान गरी राष्ट्रिय बालदिवस मनाएको छ । यस प्रकारका सहयोगका साथै कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वका क्रियाकलापहरुलाई प्राथमिकतामा राखी आगामी दिनहरुमा समेत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया