माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप र वेबसाइटमार्फत रेमिट्यान्स प्राप्त गर्न सकिने
काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप र वेबसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा वेबसाइटमार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ । अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधा अन्तर्गत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रिक्वेष्ट रेमिटमार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिनेछ । जसअन्तर्गत नेपालमा रहेका व्यक्तिले आफूलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन् । उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिलै र सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् । यो सुविधा विदेशमा रहेका नागरिकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरी पनि पठाउन सक्नेछन् ।
विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा अमेरिका, युरोप तथा नेपालमा बसेका ग्राहकले विना झन्झट एकै क्लिक गरी घरमै बसेर उक्त रेमिट्यान्स सुविधाको प्रयोग गर्न सक्नेछन् ।
यो सुविधाको प्रयोग रेमिट्यान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन् । हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकहरुले मात्र यो सुविधा प्रयोग गर्न सक्नेछन् । बैंकले मोबाइल बैंकिङ एपलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एपमार्फत नवीनतम सुविधाहरु थप्दै ल्याइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया