ग्लोबल आईएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई क्यासब्याक
काठमाडौं । ग्लोबल आईएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैँमा ३३ दशमलव ३३ प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँगको सहकार्यमा यसपालिको दशैँका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित एससीटी तथा युपीआई कार्डको दमदार दशैँ धमाका थ्री–डि अफरअन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (पस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३ दशमलव ३३ प्रतिशत अर्थात अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने छन् । यो योजनापश्चात् एससीटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटी कार्डमार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।
असोज १ गतेदेखि दशैँभर चल्ने यो योजनामा कम्तीमा तीन वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई पाँच सय रुपैयाँ तथा कम्तिमा छवटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजार रुपैयाँ क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा पाँच सय रुपैयाँको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । ७७ वटै जिल्लामा दुई ९० शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले दुई सय ७३ वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय ९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया