Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूको बीओके स्मार्टको टप अपमा २५ प्रतिशत नगद फिर्ता

बैंक अफ काठमाण्डूको बीओके स्मार्टको टप अपमा २५ प्रतिशत नगद फिर्ता


काठमाण्डौं,फागुन १६
बैंक अफ काठमाण्डू लिमिटेडको बीओके स्मार्टको टप अपमा २५ प्रतिशत नगद फिर्ता हुुने भएको छ । बैंकले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकहरूको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै बीओके स्मार्टमार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहक महानुभावहरूले कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको हो ।

ग्राहकहरूले नगद फिर्ता योजनाको सदुपयोगको लागि बीओके स्मार्टबाट गरिने पहिलो कारोबारअन्तर्गत पहिलो टपअप कारोबारमा गर्नुपर्नेछ । बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानीमै आम्दानी भन्ने मूल नाराका साथ सार्वजनिक गरेको उक्त योजना सीमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकहरूलाई अनुरोध गरेको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया