Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकद्वारा बर्दिबासको राष्ट्रिय आधारभूत विद्यालय भब्सीलाई सहयोग

सिटिजन्स बैंकद्वारा बर्दिबासको राष्ट्रिय आधारभूत विद्यालय भब्सीलाई सहयोग


काठमाण्डौं,फागुन १६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिबास नगरपालिकाको वडा नं ३, भब्सी, महोत्तरीस्थित राष्ट्रिय आधारभूत विद्यालय भब्सीलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत ८० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिइएको छ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दिबास चोकबाट करिव ५ किमि उत्तरतर्फ अवस्थित यस विद्यालयले स्थापनाकालदेखि नै त्यस क्षेत्रका जनजाति, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरूलाई ज्ञानको ज्योति छर्दै आएको छ ।सामजिक, आर्थिकरूपले विपन्न गरिब तथा दलित बालबालिकाहरूको पठनपाठनमा सहज होस् भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरी वितरण गर्ने कुरा जनाएको छ । नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली र समृद्ध नेपाल’को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

यने सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरूको मनोबल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने बैंकले जनाएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै बैंकले ग्राहकलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया