साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तबीच मर्जर सम्झौता
काठमाडौं । नेपालका प्रतिष्ठित एवम् प्रमुख दुई थोक कर्जा प्रदायक लघुवित्त संस्थाहरु क्रमशः साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट दुई, दुई जना, सर्वसाधारण समूहबाट एक, एक जना र एक जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाइएको छ ।
आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१०० : ८७) कायम हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम गर्ने समेत सहमति भएको छ । मर्जरपछि यस लघुवित्त वित्तीय संस्थाको पुँजी कोष सात अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब नेपाल राष्ट्र बैंकले अख्तियार गरेको मर्जरसम्बन्धी नीतिको सम्मान गर्दै नेपालको कृषि तथा लघुवित्तको क्षेत्रमा लगानी गर्ने वैकल्पिक एवम् सबल विशिष्टीकृत वित्तीय संस्थाको खाँचो पूरा गर्न र समाजका विपन्न तथा सीमान्तकृत वर्गमा सहज एवम् सरल वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारको एक सशक्त एवम् जिम्मेवार वित्तीय साझेदारको रुपमा स्थापित हुन यो मर्जर गरिएको हो ।
नेपाल सरकार, अर्थ मन्त्रालयका वित्त सल्लाहकार डा. शालिकराम पोख्रेलको प्रमुख आतिथ्यमा इन्द्रेणी होटेल, नयाँ बानेश्वरमा मिति २०७९ भदौ ३१ गते शुक्रबार भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठक र मर्जर उपसमितिका संयोजक उमेश लम्साल तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक भीम प्रसाद तिम्सिनाले समझदारीपत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका थिए ।
कार्यक्रममा दुवै वित्तीय संस्थाका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्चपदस्थ अधिकारीहरु, मर्जर समितिका पदाधिकारीहरु, पत्रकार तथा अन्य पाहुनाहरुको उपस्थिति थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया