काठमाडौं । यस साता सेयरबजार परिसूचक एक हजार नौ सय १० दशमलव ३८ विन्दुमा कायम छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७१ दशमलव ९० विन्दुुमा सीमित भएको छ । यस साता धितोपत्र बजारमा दुई सय ३२ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ४६ हजार दुई सय ९३ पटकको कारोबारमा दुई करोड २७ लाख ६० हजार एक सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम छ अर्ब ९८ करोड ९० लाख ७१ हजार छ सय १० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख १३ हजार सात सय ५८ पटकको कारोबारमा एक करोड ४८ लाख ७६ हजार एक सय ४६ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम पाँच अर्ब चार करोड २९ लाख ५७ हजार पाँच सय १६ रुपैयाँ पुगेको थियो । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले कम हो । यसले सेयर खरिद विक्री निराशाजनक देखिएको छ ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष छ कार्यदिन नै खुल्ला रहेको थियो । जसमध्ये तेस्रो र चौथो कारोबार दिन सेयरबजार परिसूचक उकालो लागेको थियो भने बाँकी दिनहरुमा ओरालो लागेको थियो । जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक ११ दशमलव ४६ अंकले ओरालो लागेर एक हजार नौ सय २६ दशमलव २८ विन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव एक अंकले ओरालो लागेर तीन सय ७४ दशमलव ७३ विन्दुमा झरेको थियो ।
दोस्रो कारोबार दिन पनि बजार परिसूचक १३ दशमलव ५४ अंकले ओरालो लागेर एक हजार नौ सय १२ दशमलव ७४ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३९ अंकले ओरालो लागेर तीन सय ७२ दशमलव ३४ विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक २१ दशमलव तीन अंकले उकालो लागेर एक हजार नौ सय ३४ दशमलव चार विन्दुमा चढेकोमा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८३ अंकले उकालो लागेर तीन सय ७६ दशमलव १७ विन्दुमा चढेको थियो । चौथो कारोबार दिन पनि बजार परिसूचक ४७ दशमलव ४४ अंकले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव १९ विन्दुले उकालो लागेर तीन सय ८५ दशमलव ३६ विन्दुमा चढेको थियो ।
पाँचौँ कारोबार दिन पनि बजार परिसूचक ५७ अंकले ओरालो लागेर एक हजार नौ सय २४ दशमलव ४८ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २३ विन्दुले ओरालो लागेर तीन सय ७४ दशमलव १३ विन्दुमा झरेको थियो । छैठौं कारोबार दिन पनि बजार परिसूचक १४ दशमलव एक अंकले ओरालो लागेर एक हजार नौ सय १० दशमलव ३८ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २३ विन्दुले ओरालो लागेर तीन सय ७१ दशमलव ९० विन्दुमा झरेको थियो । यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा शिवम् सिमेन्ट, नेशनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेशनल हाइड्रोपावर कम्पनी आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया