Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता


काठमाडौं । एभरेष्ट बैंक लिमिटेड (ईबीएल) र नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई)बीच सम्झौता भएको छ । यही भदौ ३० गते तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यो सम्झौताअनुसार एनबीआईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेछ । पञ्जाव नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु छन् तथा देशैभर छरिएर रहेको आफ्नो एक सय १९ वटा शाखा सञ्जाल, चारवटा एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालयहरु, एक सय ५५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया