Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै

नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै


काठमाडौं । नेपाल बैंक लिमिटेडले ग्राहकको रुचि र आवश्यकता अनुसारका नयाँ–नयाँ डिपोजिट प्रोडक्टहरु ल्याइरहेको छ । यसैअनुरुप बैंकले हालै मात्र सञ्चालनमा ल्याएको डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित बनाएको छ ।

अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र पाँच वर्ष नौ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ । यसमा न्यूनतम २५ हजारभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी यो योजनामा बैंकले पाँच लाख सम्मको क्रेडिट कार्ड सुविधा पनि उपलब्ध गराउनेछ । सरकारी बैंक भएको र जनबिश्वास उच्च भएको कारणले पनि लामो समयमको मुद्दतीमा ग्राहकहरुको धेरै नै आकर्षण रहेको देखिन्छ ।

संघ/संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत सञ्चालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम सात वर्ष दुई महिनामा नै दोब्बर हुनेछ । यसमा संस्थाहरुले एक लाख भन्दा माथिको रकमको रकम जम्मा गर्न सक्नेछन् । बैंकले विदेशमा कार्यरत नेपालीहरुको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स संचालनमा ल्याएको छ । अबदेखि यो खातामा विदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र पाँच वर्ष पाँच महिना नै सो रकम दोब्बर हुनेछ । यसमा न्यूनतम २५ हजारभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । नेपाल बैंक सरकारी बैंक भएको र नेपालभर शाखा सञ्जाल भएको कारणले पनि विदेशमा रहेका नेपालीहरुबीच नेपाल बैंकको डबल धमाका रेमीट्यान्स मुद्दती खातामा बढ्दो आकर्षण देखिएको छ ।

यी डबल धमाका मुद्दती खाताहरु सीमित अवधिको लागि मात्र सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । नेपालभर दुई सय १९ वटा शाखाहरु, एक सय ८६ वटा एटीएम साथै ४९ एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु-याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया