Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकद्वारा ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ सञ्चालन

मुक्तिनाथ विकास बैंकद्वारा ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ सञ्चालन


काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलो पटक सर्वाधिक एक करोड एक लाख रुपैयाँसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याइएको हो ।

मुक्तिनाथ आशीर्वाद बचत खाता गोल्ड क्याटागोरीमा न्यूनतम ५० हजार रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफ्नो लागि २१ लाख र परिवारको दुई जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाखसम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन ।

यसैगरी मुक्तिनाथ आशीर्वाद बचत खाता प्लाटिनम क्याटागोरीमा न्यूनतम १० लाख रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको चार जना सदस्यहरुको लागि ८० लाख गरी कुल एक करोड एक लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् । बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ ।

थप जानकारीको लागि बैंकको एक सय ७६ वटै शाखा कार्यालयहरुमा सम्पर्क गर्न र मिस्डकल बैंकिङ्ग (मोबाइल नं.९८०१११००२२) मार्फत समेत जानकारी लिन सकिनेछ । साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया