आईएमई–पेसँग डिजिटल दशैँ तिहार :
आईएमई–पेमार्फत डिजिटल भुक्तानी गर्दा लाखौँको उपहार पक्का
काठमाडौं । महान् चाड दशैँ, तिहार तथा छठको पावन अवसरमा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक, आईएमई–पेले पहिलो पटक भव्यस्तरमा आईएमई–पे डिजिटल दशैँ तिहार २०७९ अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७९ साला आश्विन १ गतेदेखि कात्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुनेछ ।
नेपालको सर्वश्रेष्ठ अनलाइन सपिङ साइट, दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आईएमई–पेमार्फत अफर अवधिभरि कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिसहोमको दुई सय एमबीपीएसको एकवर्षे फाइबरनेटका अतिरिक्त आई टीभीको प्याकेज, दराजको हजारौँ भौचर कोडदेखि लिएर एक जना भाग्यशाली विजेतालाई चन्द्रागिरी केबलकारको लाइफटाइम एक्सेस र दुई जना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर ई–स्कुटर पनि उपहार स्वरूप प्रदान गरिनेछ ।
आईएमई–पे मोबाईल वालेटमार्फत विभिन्न कार्य तथा सेवाहरूको लागि सहजै अनलाइन भुक्तान गर्न सकिन्छ । यसै डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन यस महाअफरमार्फत आईएमई–पेबाट विभिन्न भुक्तानी गरेबापत पनि उपहारहरू प्रदान गरिनेछ । अफर अवधि भरी आईएमई–पेबाट क्यूआर भुक्तानी गर्ने पाँच जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाइल रिचार्ज गर्ने एक जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने दुई जना भाग्यशाली विजेताले एक तोला २४ क्यारेट सुन (प्रति), आईएमई–पेमा बैंकको खाता लिङ्क गर्ने दुई जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन प्ल्स (प्रति) र आईएमई–पेको भिसा कार्डबाट भुक्तानी गर्ने दुई जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टिभि (५५ इन्च, प्रति) पाउन सक्नेछन् । चाडपर्वकै अवसर पारी आईएमई–पेमार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट र हिमाल डेन्टलमा १५ प्रतिशत छुट पनि प्राप्त गर्न सक्नेछन् । साथै आईएमई–पेको प्रयोगकर्ताहरूले आईएमई–पे एपमा कुनै पनि कारोबार गरेको आर्थिक बिवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप पनि पाउन सक्नेछन् ।
दैनिक उपहारको विजेताहरूको घोषणा हरेक हप्तामा एक पटक सामाजिक संजालमार्फत हुनेछ भने अरु सबै उपहारहरूको विजेताको घोषणा अफर अवधिपश्चात् सामाजिक सञ्जालमा तथा कम्पनीको लागि सम्भावित कुनै पनि माध्यममार्फत हुनेछ । सम्पूर्ण विजेताहरूले अफर अवधिको अन्त्यमा मात्रै उपहारहरू प्राप्त गर्नेछन् । उपहारको लागि योग्य हुन प्रयोगकर्ताहरूले मुख्यतः आईएमई–पे एपमा आफ्नो केवाईसी प्रमाणित गर्नुपर्ने नियम कम्पनीले प्रस्ट पारेको छ । यसका साथै आईएमई–पे एपमा क्यास–इन र क्यास–आउटबाहेक अरु सम्पूर्ण भुक्तानीमा उपहार जित्न मिल्ने नियम राखिएको छ । यस अफरसम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरू आईएमई–पेको आधिकारिक वेबपेजमा उपलब्ध हुनेछ ।
आईएमई–पेको बारेमा
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई–पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आईएमई–पे आइएमई ग्रुप डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आईएमई–पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरूकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ ।
आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई–पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया