नारायणी डेभलपमेन्ट बैंक र होटल स्टार चितवनबीच सम्झौता
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र होटल स्टार चितवन प्रालिबीच सम्झौता भएको छ । बैंकका अनुसार विशेषाधिकार कार्ड होल्डरहरूलाई होटल स्टार चितवन प्रालिले प्रदान गर्ने सेवा सुविधामा विशेष छुट दिने सम्झौता सम्पन्न भएको हो ।
नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टार चितवन प्रालिका अध्यक्ष भेषराज दुवाडीले उक्त छुट सुविधाको सम्झौतामा हस्ताक्षर गरेका हुन् । नारायणी डेभलपमेन्ट बैंकका विशेषाधिकार कार्ड होल्डरहरूले होटल स्टार चितवन प्रालिको सेवा उपयोग गर्दा रुमचार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रम तथा समारोह गर्दा छ प्रतिशत छुट प्राप्त गर्नेछन् । बैंकले विभिन्न बचतकर्ताहरू, सेयरधनीहरूलगायत अन्य सरोकारवालाहरूलाई विभिन्न मापदण्डको आधारमा विशेषाधिकार कार्ड उपलब्ध गराउने र सो कार्डको आधारमा स्टार होटलबाट लिने सेवामा छुट लिन सक्नेछन् ।
यो सम्झौतावाट बैंक तथा होटल दुवै पक्षको व्यावसायिक सम्बन्ध तथा व्यावसाय सुदृढ हुने विश्वास बैंकले लिएको छ । बैंकका विशेषधिकार कार्डहोल्डरहरूलाई होटलले प्रदान गरेको छुट सुविधामा बैंक प्रशन्नता व्यक्त गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया