Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसांग्रिला डेभलपमेन्ट बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’

सांग्रिला डेभलपमेन्ट बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकका अनुसार आइतबार सांग्रिला डेभलपमेन्ट बैंक वागलुङ वसपार्क शाखाका प्रमुख कमला गिरीले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीद्वारा सञ्चालित उत्थानशील जीविकोपार्जन कार्यक्रमअन्तर्गत लाभग्राहीहरूलाई बैंकको आवश्यकता, खाता सञ्चालन, बचत बीमा, ऋण, लगानी विप्रेषणलगायतका विषयहरूमा सहजीकरण गरेकी थिइन् ।

साथै हाल सांग्रिला डेभलपमेन्ट बैंकको एक सय १२ वटा शाखाहरू र ३२ वटा एटीएमबाट विविध बैंकिङ सेवाहरू प्रदान गर्दै आएको कुरा अवगत गराइन् । उत्थानशील जीविकोपार्जन कार्यक्रमका संयोजक देव नारायण पौडेल, जीविकोपार्जन परामर्शकता आदर्श न्यौपाने र सामाजिक परिचारिका लिला देवकोटाको सहजीकरणमा पोखरा महानगरपालिका वडा न १८ का ४३ जना लाभग्राहीबीच कार्यक्रम सम्पन्न गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया