Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफ इन्स्योरेन्सको ‘बृहत् रक्तदान कार्यक्रम’

रिलायन्स लाइफ इन्स्योरेन्सको ‘बृहत् रक्तदान कार्यक्रम’


काठमाडौं । हाल देशमा महामारीको रूपमा डेंगी रोग फैलिरहेको छ । नेपाल सरकारले डेंगो रोगले नेपालभर १२ हजारभन्दा मानिसहरू यसबाट संक्रमित भइसकेका छन् । अत नेपालमा यही रोगको कारण रगत अभाव हुँदै गइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीको केन्द्रीय कार्यालयमा आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको जानकारी कम्पनीले दिएको छ ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रगत दिएका थिए । यसका साथसाथै विभिन्न मिडियाकर्मी र अन्य सर्वसाधरण समेतले यस रक्तदान कार्यक्रममा सहभागी जनाएका थिए । यस रक्तदान कार्यक्रममा एक सय जनाभन्दा बढी मानिसहरूले रक्तदान गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया