Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी क्यापिटल र ऊर्जा डेभलपर्सबीच सम्झौता

लक्ष्मी क्यापिटल र ऊर्जा डेभलपर्सबीच सम्झौता


काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजतप्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र नेपालको विभिन्न स्थानमा जलविद्युत् आयोजना निर्माण गर्नुका साथै नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न सेवाहरू उपलब्ध गराउँदै आएको संस्था ऊर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानीसम्बन्धी सम्भौता सम्पन्न भएको छ ।

यही असोज २ गते सम्पन्न सोसम्बन्धी समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र ऊर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका हुन् । लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैंकिङ तथा परामर्श सेवामा विगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामार्फत देश विकासमा योगदान पु-याइरहेको ऊर्जा डेभलपर्ससँग सहकार्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया