मेगा बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा छुट
काठमाडौं । मेगा बैंकको मोबाइल एपमार्फत पहिलोपटक फोनपेको क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अर्थात बढीमा एक सय रुपैयाँसम्म छुट पाइने भएको छ । फोनपे र मेगाबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएपछि ग्राहकहरूले यस्तो सुविधा पाएका हुन् ।
सम्झौतापत्रमा मेगा बैंकका डिजिटल तथा ई–बैंकिङ विभाग प्रमुख विश्व सिंह र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रूशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकका अनुसार यो योजना असोज सात गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ । चाडपर्वमा किनमेल गर्न केही सुलभ होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जानकारी दिएको छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्युआरमार्फत भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्टहरू आबद्ध रहेका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया