Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र किंग्स कलेजबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र किंग्स कलेजबीच सम्झौता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किंग्स कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युबेसन कार्यक्रम ओथारोमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किंग्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि ओथारो कार्यक्रममार्फत किंग्स कलेजले उद्यम तथा व्यवसाय गर्न चाहने देशभरका युवाहरूबाट व्यावसायिक नवप्रवर्तन योजना माग गरी उत्कृष्ट योजना छनोट गरीे परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेछ ।

तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोही उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत कर्जा कार्यान्वयनमा सहयोग पु-याउने विश्वास लिइएको छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले उद्यमशीलता बन्न चाहने युवाहरूलाई लक्षित यो कार्यक्रमले देशलाई समृद्धसँग जोड्न सघाउ पु¥याउने बताए । किंग्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले यस्तो सम्झौताले उद्यमशीलता गर्न चाहने युवाहरूलाई व्यवसायी बन्न सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले ब्याज अनुदानसहितको सहुलियतपूर्ण कर्जा प्रवाह र राज्यले अवलम्बन गरेको यससम्बन्धी नीतिका बारेमा प्रकाश पार्दै सम्पूर्ण सहभागीहरूलाई स्वागत गरेका थिए ।

कृषि तथा सामाजिक बैंकिङ विभागका विभागीय प्रमुख ऋषभ भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त अवसरमा बैंकका उपकार्यकारी अधिकृतहरू विमल डंगोल, विनयरमण पौडेल, दुर्गा छत्कुली कँडेल, कलेजका पार्टनरसीप तथा विकास प्रमुख प्रज्वल खड्का, उदगम खड्का लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया