Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसन नेपाल लाइफको पाँचौँ वार्षिकोत्सव

सन नेपाल लाइफको पाँचौँ वार्षिकोत्सव


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौँ वार्षिक उत्सव २०७९ सम्पन्न गरेको छ । कम्पनीले बिहीबार आफ्नो स्थापनाको पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक सेवा उत्तरदायित्वअनुरूप विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ ।

कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरूमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल पाँच सय आठ प्रिन्ट रगत संकलन गरेको छ । त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरूलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ । साथै सोही अवसरमा विद्यार्थीसँग बीमाका कुरा कार्यक्रमअन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कुल कलेजका एक हजारभन्दा बढी विद्यार्थीहरूमाझ बीमासम्बन्धी चेतना कार्यक्रम सञ्चालन गरेको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया