नबिल इन्भेष्टमेन्टको ‘मिश्रित लगानी व्यवस्थापन सेवा’
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘मिश्रित लगानी व्यवस्थापन सेवा’ सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार २०७९ भदौ महिनादेखि नै लागू हुनेगरी सेयरबजारमा प्रवेश गर्न चाहना तर लगानीसम्बन्धी उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरूलाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा सञ्चालनमा ल्याइएको हो । लगानीका विभिन्न उपकरणहरूमार्फत लगानी गरिने यो लगानी व्यवस्थापन सेवाबाट लगानीकर्ताहरूले हाल बजारमा देखिएको उतारचढावका कारण व्यहोर्नुपरेको क्षतिलाई केही हदसम्म सन्तुलनमा ल्याउने र भविष्यमा यसरी सन्तुलित लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने कम्पनीले जनाएको छ ।
सन्तुलित लगानी उच्चतम आम्दानी हुनसक्ने यस व्यवस्थापन सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताहरूको रकम लगानीका विभिन्न उपकरणहरू जस्तैः म्युचअल फन्ड, बन्ड/डिबेन्चर, इक्विटी, आईपीओ, एफपीओ र राइट सेयर तथा निश्चित प्रतिफल उपकरणहरूमा लगानी गर्ने र भैपरी आउने लगानीका लागि नगदको व्यवस्थापन समेत गर्ने रहेको कम्पनीले जनाएको छ ।
यो लगानी व्यवस्थापन सेवाका विशेषताहरू
यसमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूले न्यूनतम २५ लाख रूपैयाँ वा आफूसँग रहेको सोही मूल्यबराबरको सेयर उपलब्ध गराई प्रवेश गर्न सकिनेछ । न्यूनतम लगानी अवधि पाँच वर्षको रहेको यो सेवा प्राप्त गरेबापत वार्षिक शून्य दशमलव पाँच प्रतिशत वार्षिक व्यवस्थापन शुल्क लाग्नेछ भने पहिलो दुई वर्षभित्र यो व्यवस्थापन सेवाबाट बाहिरिनु परेमा आफ्नो लगानीको ३ प्रतिशत रकम तिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ भने दुई वर्षपछि बाहिरिनुपरेमा यस्तो कुनै प्रकारको शुल्क नतिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ । यो सेवाअन्तर्गत सञ्चालित यो सेवा प्राप्त गरेका लगानीकर्ताहरूले यो सेवाबाट जति धेरै नाफा गरे पनि केवल पाँच प्रतिशत पर्फर्मेन्स शुल्क तिरी आफ्नो नाफाको शतप्रतिशत रकम जुनसुकै बेला पनि झिक्नसक्ने कम्पनीले जनाएको छ ।
सेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरूलाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गरी सेयरबजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूको लगानीको उचित व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ । यद्यपि लगानीको व्यवस्थापन केवल सेयरबजारमा प्रवेश गरेर मात्र हुनेचाहिँ होइन । अन्य उपकरणहरूमा लगानी गरेर पनि आफ्नो लगानीको व्यवस्थापन गर्न सकिन्छ ।
विगतका दिनहरूमा यस कम्पनीबाट लगानी व्यवस्थापन सेवा प्राप्त गरेका लगानीकर्ताहरूले राम्रो प्रतिफल प्राप्त गरेको धेरै उदाहरणहरू रहेको भन्दै समयको अभाव, सेयरबजारमा पहुँच तथा मार्गदर्शन नपाएको कारणले विद्यमान घट्दो बजार जसले दिन प्रतिदिन लगानीको लागि मौका प्रदान गरिरहेको छ र घट्दो बजारको लगानीबाट नै भविष्यमा राम्रो आम्दानी हुनसक्ने भएकोले यो मिश्रित लगानी व्यवस्थापन सेवा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया