काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो आठौँ शाखा ‘जनकपुर शाखा कार्यालय’को उद्घाटन बुधबार एक औपचारिक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले जनकपुरशाखा कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह, जनकपुर उ.वा. संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका सञ्चालक श्रीमती नीरा ताल्चाभडेलसहित लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबारसम्बन्धी जानकारी गराएका थिए । बुधबारबाट समृद्धि फाइनान्सको आठवटै शाखा कार्यालयहरूबाट औपचारिकरूपमा कारोबार सञ्चालन भएको जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।
समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले आठ वर्ष आठ महिनामा पैसा तेब्बर, १२ वर्ष आठ महिनामा पैसा पाँच गुणा र १६ वर्ष पाँच महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया