Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई–पेले दिँदै छ सात दशमलव १३ प्रतिशत ब्याज

आईएमई–पेले दिँदै छ सात दशमलव १३ प्रतिशत ब्याज


काठमाडौं । एकमात्र ब्याज दिने वालेट आईएमई–पेले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । साबिकमा रहँदै आएको छ दशमलव शून्य तीनको ब्याजदर बढाएर सात दशमलव १३ प्रतिशत कायम गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रयोगकर्ताहरूले अब बैंकमा पाइनेझैँ सेवा आफ्नो मोबाइल वालेटमा आईएमई–पेमार्फत पाउन सक्नेछन् । प्रयोगकर्ताहरूले आफ्नो वालेट एपमा एक हजार रुपैयाँ कायम राखी सुपर वालेटमा रूपान्तरण भई यो सुविधा प्राप्त गर्न सक्नेछन् । आर्थिक समावेशीकरण एवं वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्वपूर्ण आयाम हुनसक्ने विश्वास लिइएको छ ।

यसका साथै ग्राहकहरूले यस दशैँ, तिहार र छठको अवसरमा आईएमई–पे डिजिटल दशैँ तिहार २०७९ अभियानअन्तर्गत आईएमई–पेमार्फत कुनै पनि कारोबार गरेर बम्परमा राफ्ट वारिअरको ई–स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरू जित्ने मौका पाउनसक्ने कम्पनीको भनाइ छ ।

आईएमई–पेको बारेमा
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आईएमई’पे’ आईएमई ग्रुप डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्यौट विनियमावली–२०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई–पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ ।

आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई–पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया