Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक

सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक


काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरूमध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आव २०७८/०७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रूपमा सम्मानित भएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित कोषको ४९औँ वार्षिक उत्सवको अवसरमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई कदरपत्र मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।

बैंकको हाल सातवटा प्रदेश, ७७ जिल्लामा दुई सय ५९ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६८ वटा एटीएम र एक सय दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया