Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनसीसी बैँक र फोन–पेबीच क्यासब्याक सम्झौता

एनसीसी बैँक र फोन–पेबीच क्यासब्याक सम्झौता


काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैँक (एनसीसी बैँक) र फोन–पेबीच दशैँ तिहारलक्षित क्यासब्याक पार्टनरका रूपमा सहकार्य हुने भएको छ । एनसीसी बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन–पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा एक सय रुपैयाँसम्म क्यासब्याक अफर प्रदान गरेको छ ।

यस अफरअन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एपमार्फत भुक्तानी गरेको हुनुपर्नेछ । दशैँ र तिहार गरी दुई पटक यो अफर सञ्चालन हुने भएको छ । दशैँलक्षित यस अफर असोज सात गतेदेखि असोज १४ गतेसम्म सञ्चालन हुनेछ भने तिहारलाई लक्षित गरी कात्तिक दुईदेखि छ गतेसम्म सञ्चालन हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया