Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक एक हजार आठ सय ३८ दशमलव ९६ विन्दुमा

बजार परिसूचक एक हजार आठ सय ३८ दशमलव ९६ विन्दुमा

सातामा चार अर्ब २० करोड ८५ लाख ५७ हजार रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं । यस साता सेयरबजार परिसूचक एक हजार आठ सय ३८ दशमलव ९६ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५९ दशमलव ४३ विन्दुमा सीमित भएको छ ।
यस साता धितोपत्र बजारमा दुुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार ६७ हजार नौ सय ७८ पटकको कारोबारमा एक करोड ५२ लाख २७ हजार दुई सय ५२ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम चार अर्ब २० करोड ८४ लाख ५७ हजार सात सय ३१ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै तीन अर्ब रुपैयाँले कम हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय ३२ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ४६ हजार दुई सय ९३ पटकको कारोबारमा दुई करोड २७ लाख ६० हजार एक सय ४३ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम छ अर्ब ९८ करोड ९० लाख ७१ हजार छ सय १० रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्य दिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो र पाँचौँ कारोबार बजार परिसूचक ओरालो लागेको थियो भने चौथो दिन बजार परिसूचक उकालो लागेको थियो । दोस्रो कारोबार दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबारकक्ष बन्द रहेको थियो ।

जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक ३३ दशमलव ९७ अंकले ओरालो लागेर एक हजार आठ सय ७६ दशमलव ४१ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३३ अंकले ओरालो लागेर तीन सय ६५ दशमलव ८६ विन्दुमा झरेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक पुनः ३८ दशमलव ८१ अंकले ओरालो लागेर एक हजार आठ सय ३७ दशमलव ६० विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात अंकले ओरालो लागेर तीन सय ५८ दशमलव ८७ विन्दुमा झरेको थियो । चौथो कारोबार दिन भने बजार परिसूचक ११ दशमलव १९ अंकले उकालो लागेर एक हजार आठ सय ४८ दशमलव ८० विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव एक विन्दुले उकालो लागेर तीन सय ६० दशमलव ८८ विन्दुमा चढेको थियो ।

पाँचौँ कारोबार दिन भने बजार परिसूचक नौ दशमलव ८३ अंकले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलव ९६ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४५ विन्दुले ओरालो लागेर तीन सय ५९ दशमलव ४३ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल बैंक, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया