Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्ततः १८ सय १५ बिन्दुमा खुम्चियो सेयर बजार

अन्ततः १८ सय १५ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । साताको सुरुवाती कारोबार दिन आज आईतबार नैं सेयर बजार परिसुचक ओरालो लागेको छ । आज बजार परिसुचक २३ दशमलव ८३ अंकले ओरालो लागेर १८ सय १५ दशमलव १३ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ६० बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत कुल दुई सय २८ वटा कम्पनीहरुको २२ हजार छ सय ८३ पटक सेयर किनबेच भएका छन । जसबाट ४० लाख १४ हजार चार सय १९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया