अनलाइन प्रणालीबाटै शिक्षकहरूको फाँटवारी पठाउने व्यवस्था
काठमाडौं । नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकहरूले सावधिक जीबन बीमा योजनाअन्तर्गत अनिवार्यरूपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ ।
योभन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो । विद्युतीय सरकारी लेखाप्रणाली (सिगास) प्रणालीबाट पारिश्रमिक बितरण गर्ने सरकारी कार्यालयबाहेकका अन्य कार्यालयलाई लक्षित गरी कोषले यस्तो सुविधा यसअघि नै सुरु गरेको हो ।
शिक्षकहरूले यो सुविधाको उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक वितरण गर्ने कार्यालयबाहेक अन्य कार्यालय, विद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने अपेक्षा कोषले गरेको छ ।
शिक्षकहरूमा पनि अनलाइन कारोबार सुरु भएपछि सहजता मिलेको मदन स्मारक माध्यामिक विद्यालय ललितपुरका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेलले बताए । उनले यस्तो सेवाबाट कागजरहित कार्यको विकास भएको प्रतिक्रिया दिए । कोषको प्रणालीले प्रदान गरेको सबमिसन नम्बरको आधारमा कट्टी रकम दाखिला गर्ने सुविधा मुलुकभरका सबै क वर्गका वाणिज्य बैंकहरूमा रहेको हुँदा सम्बन्धित कार्यालय, विद्यालयहरूले आ–आफ्नो खाता भएको बैंकमा सम्पर्क राखी यो सुविधा लिन सक्नेछन् । फाँटवारी पठाउने तरिकाको तालिम कोषले दैनिकरूपमा सञ्चालन गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी
- ज्योति विकास बैंकको नाफा १५ करोड २४ लाख
- कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
- नेपाल एसबीआई मर्चेन्टमा एसईई दिएका विद्यार्थीलाई छुट
- पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने
- नेपाल इन्भेस्टमेन्ट बैंकले दुई लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने
- बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा
- सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया