Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको ‘दशैँको बहार, क्यासब्याक उपहार’

सिद्धार्थ बैंकको ‘दशैँको बहार, क्यासब्याक उपहार’


काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरूको महान् चाड दशैँको अवसर पारी ग्राहकहरूलाई लक्षित गर्दै ‘दशैँको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले यही आश्विन ८ गतेदेखि लागू हुनेगरी उक्त योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरूले यही आश्विन ८ गतेदेखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पीओएस अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम दुई सय रुपैयाँ) क्यासब्याक पाउन सक्नेछन् । यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिँदै आएको र आगामी दिनहरूमा पनि यस्ता योजनाहरू निरन्तर लागू गर्दै जाने बैंकको योजना रहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले हाल देशभर एक सय ९० वटा शाखा (चारवटा एक्सटेन्सन काउन्टरसहित), एक सय १८ शाखारहित बैंकिङ सेवा, एक हजार सात सयभन्दा बढी पीओएस मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले आफ्नोे सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न डिजिटल बैंकिङ सुविधाहरू आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया